• १६ भदौ २०८१, आइतबार

बाढीमा ज्यान गुमाएका तीन किशोरीको अन्त्येष्टि

blog

सामुहिक दाहसंस्कार । फाइल तस्बिर

वेदकोट (कञ्चनपुर), असार २५ गते । बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । आज तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो । 

“पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको छ । पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको छ,” वडाध्यक्ष रोकायाले भन्नुभयो । सोमबार दिउँसो पुनर्वास नगरपालिका-५ गाउँका १६ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १३ वर्षीय आरती बोगटीको रातोखालीस्थित डुबानमा परेर निधन भएको थियो । 

दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिनुभयो । त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस