• १९ असोज २०८१, शनिबार

एमाले संसदीय दलको बैठक बस्दै

blog

काठमाडौँ, असार २३ गते । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनमा बस्नेछ । बैठकमा नेपाली काँग्रेससँग भएको सत्ता समझदारीबारेमा छलफल हुनेछ । 

एमालेले संसदमा आफूलाई प्रतिपक्ष दलमा राख्न संसद् सचिवालयलाई पत्र पठाइसकेको छ । त्यसैले पार्टीको आसन प्रतिपक्षमा राख्न र प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने भनिएको विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।