शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असार १९ गते। गोरखापत्र संस्थान सञ्चालक समितिको सदस्यमा इन्द्रप्रसाद बस्याल नियुक्त हुनुभएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव बस्याललाई मन्त्रालयको तर्फबाट संस्थान सञ्चालक समिति सदस्यको जिम्मेवारी तोकिएको मन्त्रालयका शाखा अधिकृत बालकृष्ण अधिकारीद्वारा प्रेषित पत्रमा उल्लेख छ।
गोरखापत्र संस्थान ऐन २०१९ को दफा ८ को (१) को खण्ड (ग) बमोजिम उहाँलाई संस्थान सञ्चालक समिति सदस्यमा मन्त्रालयको असार १७ गतेको निर्णयअनुसार जिम्मेवारी तोकेको जनाइएको छ।