• २० असार २०८१, बिहिबार

एमाले सचिवालय बैठक सुरु

blog

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक । तस्बिर : रासस

काठमाडौँ, असार १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उहाँले बताउनुभयो । नेकपा (एमाले) र नेपाली कांग्रेसबिच सोमबार राति मुलुकको राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्ने सहमति भएसँगै सचिवालय बैठक भएको हो । बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग भएको समझदारीबारे जानकारी गराउने प्रमुख गौतमले बताउनुभयो । रासस