• ८ जेठ २०८१, मङ्गलबार

साताका सात तस्बिर

blog

काठमाडौं, वैशाख १७ गते । निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमार्गमा रातको समयमा देखिने दृश्य । तस्बिर : रासस


सडक सुन्दरताः दाङको जिल्ला समन्वय समितिको द्वारमा फुलेको फूलले बटुवाको मनै लोभ्याउनुका साथै सडकका सौन्दर्यता बढेकाे छ ।  तस्बिर : रासस


घरमा आगलागीपछि जलेको खाद्यान्न सङ्कलन गर्दै कैलालीको कैलारी गाउँपालिका वडा नं ७, विपतपुर शिविरका स्थानीयबासी । शिविरमा आगलागीका कारण घर जलेर खरानी भएपछि केही बचेको खाद्यान्न उहाँले सङ्कलन गर्नुभएको हो । तस्बिरः रासस 


सञ्चालनमा आयो वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएसँगै नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ । जेठ २ गते देखि नियमती रुपमा व्यसायिक उडान सुरु हुने भएको छ ।  तस्बिर : रासस


हुम्लामा निर्वाचन सामाग्री : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टर र विमान मार्फत बिहीबार हुम्ला पुगेको ३८ हजार मतपत्र सहित ५८ प्रकारका निर्वाचन सामाग्री ।  तस्बिर : रासस


 निर्माण हुँदै गरेको पुल : दाङको दंगीशरण गाउँपालिका–३ स्थित बागरखोलामा निर्माण हुँदै गरेको पुल ।  तस्बिर : रासस


गस्ती गर्दै म्यादी प्रहरी : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरी गस्ती गर्दै ।  तस्बिर : रासस


 पुर्नवास नगरपालिकामा रहेको प्यारा तालमा डुङ्गा चलाउँदै गरेका आन्तरिक पर्यटक । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत तालमा रहेका जलकुम्भी सफाइ गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि तालमा सयर गर्न डुङ्गाको व्यवस्था गरिएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने यो तालमा बेला बखत भारतीय पक्षले किचलो समेत झिक्ने गरेको छ ।  तस्बिर : रासस

काठमाडौं उपत्यका र सुन्धरा क्षेत्रमा फुलेको मौसमी फूल । फुलेका मौसमी फूलले सहरलाई मनमोहक बनाएको छ ।  तस्बिर :  केशव गुरुङ