सय वटा युद्ध जिते पनि
मन हा¥यो भने सबै हारियो ।
सय वटा युद्ध हारे पनि
मन जित्यो भने सबै जितियो ।
हारजित मनमा हुने भएकाले मनलाई जिताइराख्न सत्कर्म गर्नु पर्छ । सत्कर्मबाट मन बलियो हुन्छ । पाप, धर्म, सत्कर्म र कुकर्म सबै मनले नै गर्ने हुन् । जसले संयम अपनाइ आफूलाई जित्न सक्छ, उसले सबैलाई जित्न सक्छ । अरूभन्दा कुनै कुरामा पनि तल पर्न नचाहने मानिसको स्वभाव हुन्छ । आफ्नो प्रगतिका लागि मात्र नभई ईष्र्याले असन्तोष भई मानिस आफ्नै तरिकाले सङ्घर्ष गरिरहेको हुन्छ । यही कारण हामी आपूmले आपूmलाई जित्न सक्दैनौँ । अनि आपूmले आफैँसँग युद्ध गरिरहेका हुन्छौँ । त्यसैले आन्नदको मुहान सन्तोषमा हुन्छ, शरीरको आनन्द स्वास्थ्यमा हुन्छ, मनको आनन्द ज्ञानमा हुन्छ, बाहिरी ज्ञान अध्ययनमा हुन्छ, भित्री ज्ञान ध्यानमा हुन्छ ।
फेरि सन्तोष भएर अल्छी भयो भने अध्ययनकै शत्रु सन्तोष हुन पुग्छ । अल्छी उन्नतिको बाधक हो । उन्नतिबिना सन्तोष हुँदैन । सन्तोषबिना सुख हुँदैन । सुखबिना आनन्द हुँदैन । यसका निम्ति ज्ञानबाट आफूले आफैँसँग युद्ध जित्न इन्द्रियलाई जित्न सक्नु पर्छ । आफूले आफूलाई जित्न आफूले आफूलाई चिन्न सक्नु पर्छ । आफूले आफूलाई चिन्न आत्माज्ञान हुनु पर्छ । यसका निम्ति साधना गरेर ज्ञान हासिल गर्नु पर्छ । साधनाबाट सकरात्मक ऊर्जा प्राप्त हुन्छ । यसैबाट आत्मातृप्त भई सन्तोष हुन्छ । यसैबाट आनन्द हुन्छ । यो सन्तोषले धन दौलत भौतिक सुख सुविधाबाट नपाउने आनन्द पाउन सकिन्छ । भौतिक साधनबाट पाउने सुख सुविधा क्षणिक हुन्छ । देवीदेवताको भक्तिभावले पाउने वरदान पनि अजम्बरी हुँदैन । त्यसैले ऋषिमुनिहरूले तप गरेर मोक्षको बाटो रोजेका हुन् ।
सुमेध ऋषि धनी कुलमा जन्मेका थिए । मातापिता बितेपछि परलोक हुँदा कसैले पनि सम्पत्ति साथमा लिएर गएनन् । त्यसैले मैले पनि यहीँ छोडेर जानु पर्छ भनी सुमेधले सोच्न थाले । त्यसैले यो सबै मैले पुण्य काममा प्रयोग गर्नु पर्छ भनेर उनले गरिब दुःखीलाई सम्पत्ति दान गरे । अनि चिवर वस्त्र धारण गरी जङ्गलमा तपस्या गर्न थाले । उनले चाँडै अष्टसमापत्ति ध्यान गरी पञ्चअभिज्ञान लाभ गरे ।
एकदिन लावालस्करसहित दीपङ्कर बुद्ध आइरहेको उनले देखे । सुमेध ऋषिले चीवर वस्त्र हिलोमा ओच्छ्याइ त्यसमाथि आफ्नो शरीर लम्पसार पारेर दीपङ्कर बुद्धसँग अनुरोध गर्दै भने, “भगवान्, हजुरलगायत श्रावक भिक्षु सबै मेरो कायामाथि टेकेर हिलो तर्नु होला । मलाई पुण्यकर्म गर्ने मौका दिनुहोला ।’ अनि मनमनै प्रार्थना गर्दै म पनि बुद्ध हुन पाऊँ भने । दीपङ्कर बुद्धले सुमेध श्रषिसँग बुद्धमा हुने गुण देखेर चार असङ्ख्य जुनीको अन्त्यपछि, जम्बुद्वीपमा बुद्ध हुने छौ भनी भविष्यवाणी गर्नुभयो । चार असङ्ख्यको अन्त्यमा बोधिसत्व जम्बुद्वीपमा कपिलवस्तु नगरका राजा शुद्धोधन, रानी मायादेवीका सुपुत्र सिद्धार्थ राजकुमारको रूपमा उनको जन्म भयो । ३५ वर्षको उमेरमा उहाँ सर्वज्ञ प्राप्त गरी सम्बुद्ध हुनु भयो । भगवान् बुद्धले सबैलाई आफ्नो ठानी आफू नै सबैको ठानी सबैको उपकारका लागि ज्ञान दिएर उपकारै गर्नुभयो ।
यसरी उहाँले कहिल्यै कसैसँग सङ्ग्राम नगरीकन आफ्नो मन जितेर अरूको मन जित्ने ज्ञान पाउनु भयो । उहाँ अहिले एसियाको ज्योतिका रूपमा हामीले मान्छौँ । शस्त्र उठाएर दुनियाँ जित्छु भनेर लागेको सम्राट् अशोकले हतियारद्वारा शत्रुलाई जिते पनि आफ्नो मनलाई भने जित्न सकेनन् । मनलाई काबुमा राख्न सम्राट् अशोक दसैँको दशमीको दिन हतियार बिसाएर बौद्ध धर्मको अनुयायी बने । बौद्धज्ञानबाट मन शुद्ध गरी शान्त हुन सके ।
ईश्वरले पनि साथ दिन्छ, आत्मा शुद्धि गरेपछि
मानव पनि श्रेष्ठ हुन्छ, उत्कृष्ट काम गरेपछि ।
आत्मा शुद्धिको कारण भगवान् रामले शवरीमाथि कृपा गरिदिनु भयो । शवरीले आफ्नो विवाहमा पशुपन्छीको बलि दिन लागेको थाहा भएपछि तिनले बिहान सबेरै उठी सबै पशुपन्छीलाई बन्धनबाट फुक्का गरी दिइन् । आमाबुबाले गाली गर्नुहुन्छ भनी जङ्गलतिर लागिन् । जङ्गलमा ऋषि मतङ्गसँग भेट भयो । मतङ्ग ऋषिले पनि शवरीलाई छोरी मान्नुभयो । शवरीले पनि मतङ्ग ऋषिलाई सेवा गरी बसिन् । शवरीले पवित्र मनले भक्तिभावले फल चाख्दै श्रीरामलाई दिइन् । भक्तिभावले चढाएको जुठो भए पनि चोखो मानेर भगवान्ले खानुभयो ।
कुविचारले भनेका शब्दबाणले मुटुमा चोट पु¥याउँछ । मिठो बोली र मुस्कानले शत्रुको पनि मन जित्न सकिन्छ । राम्रो विचार हुनेलाई नराम्रो गर्न खोजे पनि उसले सह्यो भने अझ फलिफाप हुन्छ । एकदिन पिता उत्तानपादको काखमा धु्रव बसिरहँदा ध्रुवकी सानीआमा सुरुचिले ध्रुवलाई काखबाट उठाएर छोरा उत्तमलाई राखिन् । तिमी बाबुको काखमा बस्न र राजपाठ पाउन नारायणको भक्त बनी मेरो कोखबाट जन्मनु पर्छ भनी गाली पनि गरिन् । धु्रवले चित्त दुःखाई आफ्नी आमा सुनीतिलाई भने । सुनीतिले सुरुचीलाई केही भन्न सकिनन् । ध्रुव आफ्नो छोरालाई सम्झाउँदै ‘हो बाबु नारायणको भक्त बन्नु पर्छ’ मात्र भनिन् । यही कुराले ध्रुवको मनमा सन्ताप भयो । अनि नारदलाई भेटे र नारदकै सल्लाह अनुसार तपस्या गरी ध्रुवतारा भए ।
अज्ञानले अभिमान बढ्छ । अश्वस्थामाले ब्रह्मास्त्र पाए पनि शिरको मणिसमेत गुमाएर छट्पटिएर बाच्नु प¥यो । यो अभिमानले गर्दा हो । अज्ञानी र अभिमानीले आशा र भरोसा गर्छ, साथ नपाएपछि निराश हुन्छ । रावणको बलशाली सैनिक थिए । लङ्का जल्दा कसैको साथ पाएनन् । महाराज दशरथको चार छोरामा भगवान् रामजस्तो छोरा भएर पनि दशरथ प्राण जाँदा कोही साथमा रहेनन् । विपत् परेको बेला कसैका लागि कोही सहारा नहुन सक्छ । त्यसैले आफ्नो मन बलियो बनाउन सत्कर्म गर्नु पर्छ । कुकर्मकै कारण कौरवले जुवामा सबै जितेर पनि युद्धबाट सबै हारे । सत्कर्मकै कारण पाण्डवले सबै हारेर पनि सबै जिते । सत्कर्मको साथमा ईश्वर हुने भएकाले सत्कर्मले आत्मबल बलियो बनाई दिन्छ । आत्माबल बलियो भएको कारण भक्त प्रह्लादलाई हिरण्यकश्यपुले मृत्यु शय्यामा पु¥याउन अनेक प्रयास गर्दा पनि बिफल भए । जपतप गरी सत्कर्मकै कारण महर्षि अत्रि र उनकी सहधर्मिणी अनुसुयाको मन बलियो भयो ।
हामीले सुविचार गरेर सत्कर्म मात्रै गर्नु पर्छ । राम्रो काम गर्न सके पनि नसके पनि सुविचार मात्र ग¥यो भने पवित्र भावनाले मन आनन्द हुन्छ । यो धर्तीमा प्रकृतिलाई हाम्रो आवश्यकताभन्दा हामीलाई प्रकृतिको आवश्यकता छ । त्यसैले हामीले यहाँ यस्तै गर्नु पर्छ भन्ने छैन तर हामीमा नीतिगत अनुशासन भए पुग्छ । मन सत्यवादी भएको हुनाले के गर्नु हुन्छ, के गर्नु हुन्न भन्ने मनलाई थाहा हुन्छ । प्रकृतिले आफ्नो नियम पालना गरेझैँ हामीले सचेत भएर अनुशासनमा बस्न सके कसैबाट कसैलाई तनाव हुँदैन । पृथ्वी आफ्नै गतिमा घुमी रहेको छ । समय आफ्नै तरिकाले बगिरहेछ । प्रकृतिले हामीलाई बाँच्नलाई आवश्यक पर्ने सबै बनाई राखेको छ । त्यसलाई हामी आवश्यकता अनुसार प्रयोग गर्छौं । हामीले यहाँ एक मुठी माटो बनाउन सक्दैनौँ र एक मुठी माटो घटाउन पनि सक्दैनौँ । यसो गरेँ, उसो गरेँ भन्ने कुरा त बोलीमा मात्र सीमित छ । जेजति कुरामा विकास भए पनि मानिसले मनमा शान्ति र आनन्द पाउन सकेको छैन ।
सुख खोजी खोजी दुःख बोकी हिँडेका छन्
दुःख बोकी बोकी सुख खोजी रहेका छन् ।
सम्पूर्ण सुविधाले भरिपूर्ण भए पनि कुनै न कुनै दोष भेटी हाल्ने मानिसको स्वभाव हुन्छ । यसैले प्रायः मानिस दुःखी हुन्छन् । लोभ, मोह, छलकपट, अहम्बाट हुने दुःखको प्रकार पनि पृथक् हुन्छ । सम्पूर्ण दुःखको जरा तृष्णा हो । तृष्णालाई उत्पादन गर्ने माटो असन्तोष हो । असन्तोषकै कारण सबैले दुःख पाइरहेको हुन्छन् । त्यसैले तृष्णालाई निर्मूल गर्नु पर्छ । अनि मात्र दुःखबाट मुक्त हुन सकिन्छ । यसैलाई मोक्ष प्राप्त गर्नु भनेर पनि बुझ्न सकिन्छ । वास्तवमा चित्त बुझाउन सक्नु सन्तोष हुनु हो । सन्तोषले सबै हारेर पनि मनलाई जित्न सकिन्छ । सन्तोषबिना सुख छैन । सन्तोषमै सुख मिल्छ । त्यसैले सन्तोष सुखको जन्मदाता हो ।