• १३ साउन २०८१, आइतबार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते

blog

राजु लामिछाने

रुकुमपश्चिम, असार ६ गते । रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान १० बजेतिर जिल्लाको चौरजहारी नगरपालिका-१२ सानाखोलास्थित भित्री सडकमा कर्णाली प्रदेश ०३००१ त ००१ नम्बरको ट्याक्टर ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सोही ठाउँका २५ वर्षीय गोपाल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा चौरजहारी नगरपालिका-११ का ९ वर्षीय डिल्ली डाँगी, वडा नम्बर १२ का ४३ वर्षीय बलु जैसी, सोही ठाउँकी १२ वर्षीया  कल्पना वली, ४३ वर्षीय शरद शर्मा,  २० वर्षीय  विकास कुमाईं  र चालक २३ वर्षीय लक्ष्मण कुमाईं रहेका छन् ।

घाइतेहरूलाई चौरजहारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । प्रहरीका अनुसार कुलो निर्माणको लागि ढुङ्गा बोकेर जाने क्रममा ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको हो ।  ट्याक्टर सडकबाट करिब ८० मिटर तल खसेको हो ।