• १३ असार २०८१, बिहिबार

संसदमा प्रधानमन्त्री प्रचण्डलाई १० प्रश्न (पूर्णपाठसहित)

सामाजिक सद्‍भाव बिगार्ने छुट कसैलाई छैन : प्रधानमन्त्री

blog

काठमाडौँ, असार ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्‍भाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद जादेवी खातुन जागाले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पार्नुभयो ।

सरकारले गृह मन्त्रालय र मातहत स्थानीय प्रशासनमार्फत धार्मिक तथा सामाजिक सद्‍भाव बढाउन केन्द्रीयस्तर तथा प्रादेशिकस्तरमा समेत छलफलका कार्यक्रम सञ्चालन गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्‍भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ ।”

यसैगरी, बैठकमा प्रधानमन्त्री प्रचण्डलाई सांसदहरू तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दयालबहादुर शाही, दिक्पालकुमार शाही, जुलीकुमारी महतो (महासेठ), ठाकुरप्रसाद गैरे, टेकबहादुर गुरुङ, तारा तामाङ र जीवन परियारले प्रश्न गर्नुभएको छ ।