• १२ साउन २०८१, शनिबार

सञ्जीप प्रधानको ‘स्टिम इन्जिन’ भिडियो सार्वजनिक

blog

काठमाडौँ, असार ५ गते। गायक सन्जीप प्रधानले ‘स्टिम इन्जिन’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको हो। गायक प्रधान र मोडल करिष्मा श्रेष्ठको अभिनयमा भिडियो सार्वजनिक भएको हो। 

गीतमा कबवेभ व्याण्डका दिपेश मुल्मीको एरेन्ज रहेको छ। पचास तथा साठीको दशकमा देउरालीको चौतारीमा, कसरी भनूँ म, भोलि फेरि सल्लाघारीमा, नशाभित्र नशासरी तथा केही नेपालभाषाका चर्चित दर्जनभन्दा बढी गीतबाट चर्चामा रहनुभएका गायक सन्जीप धेरै वर्षको अन्तरालपछि गीत लिएर आउनुभएको हो। 

काभ्रेको पनौतीका विभिन्न स्थानमा छायाङ्कन गरिएको सार्वजनिक गीतको भिडियोमा यात्रामा रहेका एक यात्रीले कल्पना गरिरहेकी युवतीलाई  वास्तविक जीवनमा भेटेको दृश्यलाई  निर्देशक सुव्रत आचार्यले भिडियोमा कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ। 

निर्देशक आचार्यले सञ्जीपको नयाँ भिडियोलाई गीत अनुसार नै पप जनरामा निर्माण गरिएको बताउनुभयो। जया शर्मा क्रियटिभ डाइरेक्टर रहेको सार्वजनिक भिडियोको छायाङ्कन उत्सव दाहालले गर्नुभएको हो। 

विकास दाहालले सम्पादन गर्नुभएको भिडियो गायकको अफिसिल च्यानलबाट सार्वजनिक भएको हो।