• १४ फागुन २०८२, बिहिबार

‘साँचो प्रेम’ सार्वजनिक

blog

काठमाडौँ, फागुन १४ गते । गीतकार नारायण खतिवडाको ‘साँचो प्रेम’ सार्वजनिक भएको छ । नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको गीतले प्रेम भनेको राधा–कृष्ण जस्तो पवित्र र त्यागपूर्ण हुनु पर्छ भन्ने सन्देश दिन्छ । 

गीतले ‘घमण्ड र अहङ्कारले आफैँलाई सक्ने गर्छ, गङ्गाजल चाहिँदैन मन सफा भए पुग्छ’ भनी सरल भाषामा जीवनमूलक बोध गराएको छ ।  

भिडियोमा अर्जुन कटुवाल र अबिशा थापामगर मुख्य भूमिकामा देखिनुभएको छ । गीतले एक साँचो प्रेमले नै सम्बन्ध टिकाउँछ भन्ने मूल सन्देश दिन खोजेको छ । भिडियोको छायाङ्कन तथा सम्पादन अर्जुन खड्काको रहेको छ भने गीतको लेखन तथा निर्देशन गीतकार  खतिवडा स्वयम्ले गर्नुभएको छ ।