• १३ असार २०८१, बिहिबार

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी ।

काठमाडौँ, असार ४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिनुभएको छ । 

उद्योगमन्त्री गोयललाई आज बधाई सन्देश पठाउँदै उहाँले नेपाल र भारतबिच मित्रता, गहिरो सामाजिक, सांस्कृतिक सम्बन्ध र जनता-जनताबिचको घनिष्ठ सम्पर्क तथा सहयोगका बहुआयामिक क्षेत्र समेट्नेमा आशावादी रहेको उल्लेख गर्नुभएको छ । मन्त्री भण्डारीले भन्नुभएको छ, “वाणिज्य र उद्योगका क्षेत्रमा अझ प्रस्टरुपमा म विश्वस्त छु कि तपाईँको आगामी कार्यकालमा दुई देशबिचको बढ्दो व्यापार र लगानीलगायत आर्थिक सहयोग र साझेदारी नयाँ उचाइमा पुग्नेछ, हाम्रो द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध र सुदृढ सहयोग अभिवृद्धि साझा हितका विषय बहुपक्षीय र क्षेत्रीय फोरममा स्वीकार हुने छन् ।”

यस्तै, प्राकृतिक ग्यासमन्त्री पुरीलाई पठाइएको बधाई सन्देशमा मन्त्री भण्डारीले व्यापार र लगानीमा विद्यमान पारस्परिक लाभकारी सहयोग तथा साझेदारी दुई छिमेकी मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनका लागि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभएको छ । भण्डारीले भन्नुभएको छ, “हाम्रो निरन्तर विस्तार भइरहेको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई थप गति दिन तत्पर छु ।” रासस