• ५ असोज २०८१, शनिबार

पाँचथर क्याम्पसमा ३३ वर्षपछि नयाँ नेतृत्व

blog

पाँचथर बहुमुखी क्याम्पसको नव निर्वाचित सञ्चालक समितिका पदाधिकारीहरू सामूहिक तस्बिरमा । तस्बिर : राधा लुइँटेल

राधा लुइटेल

पाँचथर, असार ४ गते । पाँचथर बहुमुखी क्याम्पसमा ३३ वर्ष पछि नयाँ सञ्चालक समिति चयन भएको छ । नयाँ नेतृत्व चयन गर्न बोलाइएको क्याम्पस सभाको अधिवेशन असार ३ गते मध्यराति सकिएको हो ।

सञ्चालक समितिको अध्यक्षमा सुवराज थापा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी नवराज घिमिरेलाई पराजित गर्दै थापा निर्वाचित हुनु भएको हो । थापाले ३ सय ६८ मत प्राप्त गर्दा घिमिरेले २ सय एघार मत पाउनुभएको थियो ।

उपाध्यक्षमा नवीन बुढाथोकी निर्विरोध निर्वाचित हुनुभयो । यस्तै सदस्यहरूमा लक्ष्मी गौतम, चन्द्र भट्टराई, उमानाथ अधिकारी (उमेश) भीमबहादुर कार्की,होमकुमार लावती (होमित) सावित्रीदेवी गुरुङ र तुलसा तामाङ चयन हुनुभएको छ ।

यस क्याम्पसमा २०४८ सालपछि निरन्तर दीपकप्रकाश बाँस्कोटा सञ्चालक समिति अध्यक्ष हुनुहुन्थ्यो । यसअघि त्रिभुवन विश्व विद्यालयले सञ्चालक समितिका अध्यक्ष मनोनयन गर्ने परिपाटी रहेपनि यसपटक क्याम्पसले विधानमै व्यवस्था गरेर क्याम्पस सभाको अधिवेशन मार्फत नयाँ सञ्चालक समिति गठन गरेको हो । क्याम्पसमा ८ सय ९२ जना मतदाता थिए । जसमध्ये ६ सय १३ जना मतदान प्रक्रियामा सहभागी भएको मुख्य निर्वाचन अधिकृत छवि बाँस्कोटाले जानकारी दिनुभयो ।