• ९ असार २०८१, आइतबार

पाल्पामा स्काेर्पियो दुर्घटना हुँदा नौ जना घाइते

blog

सांकेतिक स्केच तस्बिर

रेखीराम राना

तानसेन, असार २ गते । पाल्पामा स्काेर्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । 

होराइजन डेन्टल रामपुर अस्पतालद्वारा सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्कने क्रममा बा. १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

घाइते हुनेमा रामपुर–५, का २१ वर्षीय डोल्मा खण्डाल, सोही स्थानकी २८ वर्षकी रचना राना, चालक ३० वर्षका मोहन अर्याल र ३४ वर्षका शङ्कर श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

यस्तै रामपुर–५, पाल्पाकी अनिशासिंह ठकुरी, ममता श्रेष्ठ, सविता राना, श्रृया रुचाल, दीपा हिस्कीमगरको अवस्था सामान्य छ । उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।