• ३० असार २०८१, आइतबार

मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

blog

फाइल तस्बिर

विराटनगर, जेठ ३२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो । 

घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिनुभएको छ । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मनवीय क्षति कम गर्न सावधानी अपनाउन उहाँले निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राख्नुभएको उहाँको सचिवालयले जनाएको छ । रासस