• १२ साउन २०८१, शनिबार

श्रीलङ्काको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

blog

कोलम्बो  (श्रीलङ्कका), जेठ ३२ गते । श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ ।

सन् २०२४ को प्रारम्भमा, पाकिस्तान र श्रीलङ्का लगायतका धेरै देशमा निजी क्षेत्रको गतिविधि बढेको छ, रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार  श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व–महामारीको स्तरभन्दा तल  छन् ।

दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन्  २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ । रासस/सिन्ह्वा