• १३ साउन २०८१, आइतबार

मधेश प्रदेश सरकारको नीति कार्यक्रम सर्वसम्मत पारित

blog

सभाको बैठकमा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेश गर्दै मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, जेठ ३१ गते ।
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । मधेश प्रदेश सभाको बिहीबार बसेको तेस्रो अधिवेशनको सातौँ बैठकले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको हो ।

गत मङ्गलबार मधेश प्रदेश सरकारकोतर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।