• १२ साउन २०८१, शनिबार

क्यानडामा सुदूरपश्चिम समाज दर्ता

blog

सुदूरपश्चिम समाज क्यानडाका अध्यक्ष डा. जितु उपाध्याय ।

क्यानडा, जेठ ३० गते। सुदूरपश्चिम क्षेत्रबाट क्यानडा पुगेर बसोबास गर्ने नेपाली सङ्गठित  भएर सुदूरपश्चिम समाज क्यानडा स्थापना भएको छ। 

नेपालको सूदरपश्चिम प्रदेशबाट क्यानडा पुगेकाको परिचय, समन्वय र सहयोग आदानप्रदानको साथै आफ्नो देश, ठाउँ र समाजलाई अप्ठेरो पर्दा सहयोग गर्ने उद्देश्यले समाज गठन भएको संस्थापक अध्यक्ष डा. जितु उपाध्यायले जानकारी दिनुभयो। 

उपाध्यायको अध्यक्षमा गठन भएको समाजको उपाध्यक्षमा कमल शाही, रुपेश अधिकारी, देवराज टमट्टा, लोकेन्द्र कुँवर, दीपक खड्कासहित पाँच जना हुनुहुन्छ।  

मनोज ढुङ्गाना महासचिव बन्नुभएको छ भने समाजको कार्यसमितिका सदस्यमा श्रवणकुमार सोप, राहुल साउद, चेतराज भट्ट, पुष्प रावल, राम जैसी, कमला थापा र अशोक भट्ट हुनुहुन्छ।

समाजको सल्लाहकारमा चक्र बलायर, जगदीश भट्ट, मीन कार्की, अशोक अधिकारी, भाष्कर सन्ज्याल, अशोक भट्ट र ओपेन्द्र चन्द हुनुहुन्छ।

समाजलाई क्यानाडामा दर्ता गरिएको र अब संस्थाले लक्ष्य अनुरुप विभिन्न काम गर्ने अध्यक्ष उपाध्यायको भनाइ छ।