• १३ साउन २०८१, आइतबार

जसपाको राष्ट्रिय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

blog

जनकपुरमा जारी राष्ट्रिय महाधिवेशन ।

जनकपुरधाम, जेठ ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आउनुभएको यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन हुनुभएको हो ।

निर्वाचन प्रक्रिया अनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो ।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ ।

मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।