• ७ मंसिर २०८१, शुक्रबार

‘पचेडा’ चेपाङ जीवनी

blog

काठमाडौँ, जेठ २८ गते । चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? यसै जिज्ञासाको उत्तर खोज्दै निर्माण गरिएको वृत्तचित्र ‘पचेडा’ को प्रचार सामग्री सार्वजनिक गरिएको छ । 

वृत्तचित्र ‘पचेडा’ का निर्देशक दीपेन्द्र केसीका अनुसार वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्षको कथालाई जस्ताको त्यस्तै देखाउने कोसिस गरिएको छ । वृत्तचित्रमा सन्तलाल चेपाङको कथा देखाइएको छ । उक्त कथालाई निर्देशकले तीन भागमा खिच्नुभएको छ । 

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँ वस्तीमा छायाङ्कन गरिएको वृत्तचित्रमा सन्तलाल र परिवारलाई पात्रका रूपमा प्रस्तुत गरिएको छ । वृत्तचित्रलाई विनिता क्षेत्रीले निर्माण गर्नुभएको छ ।