• ८ पुस २०८१, सोमबार

वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न १३ जिल्लाका १३ वडा छनोट

blog

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयहरुबारे जानकारी गराउनुहुँदै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ २३ गते ।
बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न वडा छनोट गरी कार्यक्रम स्वीकृत गरेको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले प्रदेशका १३ जिल्लाको १३ वटा वडामा कार्यक्रम कार्यान्वयन गर्ने गरी वटा छनोट गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको १३ जिल्लाको १३ वटा पालिकाको एक–एक वटा वडामा वडा समाजवादी कार्यक्रम सञ्चालन गर्ने गरी वडा समाजवादी कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले कार्यक्रमका लागि एक करोड रुपियाँ बजेट हुने जानकारी दिँदै ९० लाख रुपियाँ प्रदेश सरकारले उपलब्ध गराउने र सम्बन्धित पालिकाले १० लाख रुपियाँ बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम कार्यान्वयनका लागि मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ७, सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. १, नुवाकोट दुप्चेश्वरको वडा नं. ३, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ लगायतका वडाहरु छनोटमा परेका छन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सडक गुरुयोजना पारित गरेको छ ।

मन्त्री श्रेष्ठले गुरुयोजनाअन्तर्गत करिब तीन सय योजना रहेको बताउँदै प्राविधिकसँग सल्लाह गरेपछि योजना थपघट हुने बताउनुभयो ।