• १२ साउन २०८१, शनिबार

विद्यार्थीसँग बिमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ २० गते । गोरखा नगरपालिका-८ सरस्वती मावि आहालेमा विद्यार्थीसँग बिमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हिमालयन एभरेस्ट इन्स्याेरेन्स लिमिटेडको कम्पनीको आयोजनमा एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको हिमालय एभरेस्ट इन्सुरेन्स लिमिटेड कम्पनीको गण्डकी प्रदेश प्रमुख शिव सुबेदीले जानकारी दिनुभयो । 

सरस्वती मावि आहालेमा अध्ययनरत कक्षा १२ मा पढ्ने विद्यार्थीहरूलाई बिमा भनेको के हो, कस्ता कस्ता बिमा हुन्छन्, बिमाको फाइदा महत्वको बारेमा विद्यार्थीहरूलाई अवगत गराइएको थियो । बिमाका बारेमा विद्यार्थीमा प्राप्त जानकारी भए भने सहज हुने भएकाले पनि यो कार्यक्रम गरिएको बताइएको छ । 

त्यस्तै, गरी कृषि बिमा, पशुधन बिमा र निर्जीव बिमा गर्दा सम्भावित दुर्घटना पश्चात् पनि परिवारको आर्थिक सुरक्षाको पिलरको रूपमा काम गर्नै भएकाले बिमा गर्दा स्वयम व्यक्ति तथा परिवारलाई फाइदा हुने भएकाले त्यसको महत्वको बारेमा विद्यार्थीहरूलाई अवगत गराइएको गोरखा शाखाका इन्चार्ज रितेश केसीले बताउनुभयो । 

बिमा सम्बन्धी सचेतना कार्यक्रमले निकै बुझ्ने अवसर पाएको र बिमा गर्दा सबैलाई फाइदा भएको एक दिने कार्यक्रमले प्रष्ट भएको कक्षा १२ अध्ययनरत छात्रा फुलमायाले लामाले जानकारी दिनुभयो ।