• १३ साउन २०८१, आइतबार

झुलाघाट सडकखण्डमा जिप दुर्घटना

blog

बैतडीको झुलाघाट सडक खण्डको आदरपिण्डमा दुर्घटना भएको जिप । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, जेठ १६ गते । बैतडीको झुलाघाट सडक खण्डको आदरपिण्डमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना महिला जिपमुनि च्यापिएर बेहोस भएका छन् भने अन्य तीन जना घाइते भएका छन् ।

बैतडी  सदरमुकाम गोठालापानीबाट बुधबार दिउँसो २ बजे झुलाघाटतर्फ जाँदै गरेको सुपप्र ०१-०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका-१०, आदरपिण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको जिप भिरालो ठाउँको रुखमा अड्किएको छ । जिपमुनि च्यापिएकी महिलालाई निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘घाइते तीन जनाको उद्धार गरेर जिल्ला अस्पताल पठाएका छौं । जिपमुनि च्यापिएकी महिला बेहोस छिन् ।  निकाल्न सकिएको छैन ।डोजरले जिप उठाएपछि मात्रै निकाल्न सकिने अवस्था छ ।’’