• १२ साउन २०८१, शनिबार

गण्डकी गाउँपालिकाद्वारा कृषि ट्रक हस्तान्तरण

blog

गुणबहादुर रोका

सुलीकोट, जेठ १५ गते । गोरखाको गण्डकी गाउँपालिकाले कृषि ट्रक भैरवी कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले कृषकको सहजताका लागि कृषि ट्रक हस्तान्तरण गरेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सेना साकारले जानकारी दिनुभयो । 

उहाँका अनुसार गण्डकी गाउँपालिका–६ स्थित भैरवी कृषि सहकारी संस्था लिमिटेडलाई ढुवानी साधन उपलब्ध गराइएको हो । चालु आर्थिक वर्षको सङ्घीय विशेष अनुदानतर्फको बजेट अन्तर्गत सहकारीको समेत २० प्रतिशत लागत साझेदारीमा ढुवानी साधन प्रदान गरिएको हो । 

भैरवी सहकारीले २० प्रतिशत साझेदारी अन्तर्गत प्रत्येक सेयर सदस्यबाट ५ सय उठाएर ७ लाख साझेदारी गरेको छ । गाउँपालिकाको कृषि शाखाको प्राङ्गारिक खेती अनुदान कार्यक्रम अन्तर्गत ८० प्रतिशत लगानी छ । 

एक कार्यक्रमबिच गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सेनाले कृषि ट्रक एक कार्यक्रमबिच सहकारीलाई हस्तान्तरण गर्नुभएको हो । उक्त कृषि ट्रकले वडा न ६ तथा गाउँपालिकाको कृषि क्षेत्रभरिको आसपासका किसानलाई उत्पादित तरकारी तथा बाली बजारसम्म पुर्‍याउन सहजता हुने अपेक्षा गरिएको छ । 

गाउँपालिकाभरिका कृषकलाई सहजता हुने गरी कृषिट्रक व्यवस्थापन गरिएको हो । गण्डकी गाउँपालिका तरकारी राम्रो हुने पकेट क्षेत्र भएकाले कृषकको लागि ८० प्रतिशत अनुदानमा कृषिट्रक उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गण्डकी गाउँपालिकाको तरकारी देशका विभिन्न ठाउँमा पुग्ने गरेको स्थानीय कृषक अमृत चेपाङले बताउनुभयो । 

कृषि ट्रकले गाउँपालिकाभरिका जम्मा भएका तरकारी बजारसम्म न्यूनतम मूल्यमा बजार ल्याउने व्यवस्था गरिएको छ । गाउँपालिकामा कृषि उपज ढुवानी र बजारीकरणमा समस्या रहेको भन्ने पटकपटक गुनासो आएको थियो, गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सेनाले भन्नुभयो, “अब कृषकका समस्या हल भएको छ । अब कृषकका खेतमा पुगेर कृषि उपज बजारमा ल्याउने व्यवस्थाले कृषकहरू खुसी भएका छन् ।”