• १२ साउन २०८१, शनिबार

काठमाडौँ–मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट

blog

काठमाडौं-तराई-मधेस द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैयास्थित प्याकेज नं. २ निर्माणाधीन धेद्रे सुरुङ मार्ग ।

काठमाडौं, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँ–मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ।  

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि काठमाडौं–मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।