• १२ साउन २०८१, शनिबार

जलस्रोत तथा सिँचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५७१ हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गर्ने सरकारको घोषणा गरेको छ । मङ्गलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्नुहुँदै अर्थमन्त्री पुनले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले जलस्रोत तथा सिँचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताउनुभयो । उहाँले रानी जमरा सिँचाइअन्तर्गत प्रथम चरणको १४ हजार तीन सय हेक्टरमा शाखा नहर बनाएर सिँचाइ सुविधार विस्तार गरिने जानकारी दिनुभयो ।

उहाँले यो आयोजनाका लागि दुई अर्ब ८७ करोड विनियोजन गरेको उल्लेख गर्नुभयो । उहाँले मध्य तराईका पाँच जिल्लामा पाँच लाख २२ हजार हेक्टर जमिनमा भरपर्दा सिँचाइ सुविधा पुर्‍याउन सुनकोशी मरिण सिँचाइ आयोजनाको हेडवर्क्स पावर हाउस निर्माण गर्न तीन अर्ब १२ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।