• १२ साउन २०८१, शनिबार

आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि तीन अर्ब छ करोड रकम विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि तीन अर्ब छ करोड रकम विनियोजन गरेको छ ।  

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । सरकारले आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमको लागि तीन अर्ब छ करोड रकम विनियोजन विनियोजन गरेको उहाँले बताउनुभयो ।