• १२ साउन २०८१, शनिबार

तस्बिरमा गणतन्त्र दिवस समारोह

blog

काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा मनाइयो १७औँ गणतन्त्र दिवस । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ १५ गते । काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी १७औँ गणतन्त्र दिवस मनाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो । आज कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।


देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ ।

यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ ।


तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गर्नुभएको थियो भने त्यसपछि गठित सरकारबाट भएको संविधान सभाको निर्वाचनबाट निर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।


यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक

गणतन्त्र दिवस (प्रत्यक्ष प्रसारण)