• १२ साउन २०८१, शनिबार

राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक

blog

राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस  २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।


गणतन्त्र दिवस २०८१ मूल समारोह समितिद्वारा आयोजित सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारी तथा  प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो ।


सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तथा उपत्यकाका महानगर एवं नगरपालिकाहरूले  विभिन्न  सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।

समारोह समितिद्वारा आयोजित सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारीलगायत सर्वसाधारणको उपस्थिति थियो । 


यो पनि पढ्नुहोस

गणतन्त्र दिवस (प्रत्यक्ष प्रसारण)