• ३ असार २०८१, सोमबार

छात्रालाई करणी गर्न खोज्ने युवक पक्राउ

blog

करणी अभियोगमा प्रहरीद्वारा पक्राउ परेका युवक । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १२ गते ।
ताप्लेजुङमा एक किशोरीलाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् । विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी (छात्रा) लाई बाटोमै जबरजस्ती करणी गर्न खोज्ने फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २० वर्षीय विक्रम तामाङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा तामाङलाई पक्राउ गरिएको हो । चिच्याएको थाहा पाएपछि नजिकका स्थानीय तत्काल घटनास्थल पुगेकाले किशोरीमाथि जबरजस्ती करणी हुन नपाएको बताइएको छ ।

तामाङ भने त्यहाँबाट फरार भएको र खोजी गर्ने क्रममा साँझ ६ः३० बजेतिर गोठमा बाँधेको भैँसीलाई करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तामाङविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा जिल्ला अदालतबाट सात दिने म्याद लिई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो ।