• १२ साउन २०८१, शनिबार

नेपाल मगर संघको २८ औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ १२ गते। नेपाल मगर संघको २८ औं राष्ट्रिय सम्मेलन गोरखा सदरमुकामको गोरखा संग्रहालयमा सुरु भएको छ। 

शनिबारबाट सुरु भएको गोरखा सदरमुकामको ऐतिहासिक ठाउँ गोरखा संग्रहालयमा देशभरका मगर गोरखामा भेला भएको नेपाल मगर संघका केन्द्रीय सदस्य विष्णु रानामगरले बताउनुभयो।  

सम्मेलनमा जिल्ला, प्रदेश, संघका भातृसंगठन र वैदेशिक शाखाबाट सात सय प्रतिनिधिको सहभागिता रहेको छ। सात सय जनाको उपस्थितिमा विधान संशोधन, भावी नीति तथा योजना निर्माणमा मुख्य छलफल हुने नेपाल मगरसंघका केन्द्र्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिनुभयो। 

मगर समुदायको आर्थिक, राजनीतिक, सामाजिक विकासको विषयमा छलफल समेत गरिने भएको छ। नेपालको प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषण गर्नसमेत सम्मेलन मार्फत माग गरिने नेपाल मगरसंघले जनाएको छ। सम्मेलन जेठ १२ र १३ गतेसम्म सञ्चालन हुनेछ। 

गोरखा जिल्लामा आन्तिरिक तथा बाह्रय पर्यटकलाई बढावा दिनका लागि यो सम्मेनलन गोरखामा आयोजना गरिएको उहाँले बताउनुभयो।