• १२ साउन २०८१, शनिबार

चुहानडाँडा क्याम्पसमा योग शिविर

blog

तेह्रथुमको चुहानडाँडा स्थित तेह्रथुम क्याम्पसमा आयोजित योग विज्ञान शिविरमा सहभागी। तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, जेठ ११ गते। तेह्रथुमको चुहानडाँडा क्याम्पसमा तीनदिने निःशुल्क योग शिविर सम्पन्न भएको छ। पाँचथर स्थित महिला पतञ्जली योग समिति, युवा नेपाल समितिको आयोजनामा तीनदिने निःशुल्क योग शिविर शुक्रबार सम्पन्न भएको हो।

शिविरमा शारीरिक अभ्याससँगै ध्यान, योग र साधनाका विधिको चर्चा गर्दै प्रयोगात्मक अभ्यास गराइएको थियो।

तेह्रथुमको आठराई गाउँपालिका ६ का स्थानीय, क्याम्पसका शिक्षक, विद्यार्थी र जनप्रतिनिधि गरेर ६० जनाले भाग लिएको शिविमा पतञ्जली योग समिति नेपालकी केन्द्रीय सदस्य शान्ता गौतम र युवा नेपालका समितिका सदस्य राजेन्द अधिकारीलगायतका प्रशिक्षकले सहजीकरण गर्नुभएको थियो।

महिला समिति पाँचथरकी अध्यक्ष भक्ताकुमारी डाँगीको अध्यक्षतामा सम्पन्न योग शिविर समापन सत्रमा पतञ्जली योग समित पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदी, तेह्रथुमकी महामन्त्री लक्ष्मी लिम्बू र युवा नेपाल समिति पाँचथरका संयोजक सङ्खर आङदेम्बेलगायतले योग ध्यान र प्राणायमको महत्त्वबारे चर्चा गर्नुभएको थियो। 

तालिम समापनपछि ९ सदस्यीय पतञ्जली योग समिति तेह्रथुम गठन गरिएको केन्द्रीय सदस्य गौतमले जानकारी दिनुभयो।