• ३ असार २०८१, सोमबार

जेठ १३ देखि खोप अभियान सञ्चालन

blog

खोप अभियानका बारेमा शुक्रबार सम्पन्न बैठक । तस्बिर : राधा नेपाली

राधा नेपाली
सन्धिखर्क, जेठ ११ गते ।
अर्घाखाँचीमा ७ वर्षसम्मका बालबालिकालाई आइपिभी खोप अभियान २०८१ सञ्चालन हुने भएको छ । जेठ १३ देखि १७ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

जिल्लाका छ वटै पालिकामा सञ्चालन हुने अभियानमा सातहजार ५७५ बालवालिकालाई खोप लगाइँदै छ । अभियानमा कुल ३८८ खोप केन्द्र, ३८८ स्वास्थकर्मी र ७७६ जना स्वयंसेवक परिचालित हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले बताउनुभयो । 

राष्ट्रिय खोप कार्यक्रम आइपिभी खोप अभियान २०८०/०८१ जिल्ला खोप समन्वय समितिको शुक्रबार सम्पन्न संयुक्त बैठकमा अभियानमा बारेमा जानकारी दिइएको हो । आइपिभी खोप अभियान २०८१ जिल्ला स्तरीय योजना तर्जमाअनुसार २०७३ असोजसम्म जन्मिएका बालबालिकालाई स्थानीयतहमै खोप लगाइने भएको छ ।

छत्रदेव गाउँपालिकामा ८०७ जना, मालारानी गाउँपालिका एकहजार ३० जना र भूमिकास्थान नगरपालिकामा एकहजार १३९ जना विद्यालय बालबालिकालाई खोप  लगाइने भएको । त्यस्तै, सन्धिखर्क नगरपालिकामा दुई हजार ८५ जना, पाणिनि गाउँपालिकामा ८३० जना र सितगंगा नगरपालिकामा एकहजार ६८४ जना विद्यालयका बालबालिकालाई खोप लगाइँदै छ । 

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा राष्ट्रिय खोप कार्यक्रम अर्घाखाँची संयोजक जिवनारायण कोइरालाले खोप अभियान प्रभावकारी बनाउन र कुनै पनि बालबालिकालाई नछुटाउन जोड दिनुभयो ।

खोज एकसाथ सञ्चालन हुने स्वास्थ्य कार्यालय अर्घाखाँचीका स्वास्थ निरीक्षक गणेशराज पौडेलले बताउनुभयो ।