• ८ पुस २०८१, सोमबार

प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

blog

प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यावाद दिने प्रस्ताव निर्णयार्थ पेश गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ ८ गते । प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबानीकै बिचमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यावाद दिने प्रस्ताव निर्माणार्थ पेस गर्नुभएको हो ।

सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गर्नुभएको हो ।

मङ्गलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले सङ्घीय संसद्को बैठकमा पेस गर्नुभएको सम्बोधनको प्रति प्रतिनिधि सभामा टेबल गर्नुभएको छ । उहाँलाई रोष्ट्रममा जाने बेलामा सभामुखले आवश्यक सुरक्षा व्यवस्था गर्न मर्यादापालकलाई निर्देशन दिनुभएको थियो ।

यसैगरी, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि प्रतिनिधि सभा बैठकमा पेस गर्नुभएको छ ।