• ८ पुस २०८१, सोमबार

यस्तो छ मङ्गलबारको सङ्घीय संसद्को संयुक्त बैठकको सम्भावित कार्यसूची

blog

संघीय संसद भवन । फाइल तस्बिर

काठमाडौं, वैशाख ३१ गते । मङ्गलबार साँझ ६ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । सोमबार  सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले संयुक्त बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ ।

सम्भावित कार्यसूची अनुसार सुरुमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र बढेर सुनाउनुहुनेछ ।  

नियमित तालिका अनुसार सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुभएपछि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले गर्नुभएको सम्बोधन टेबुल गर्नुहुनेछ ।

 राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम बैठकलाई सम्बोधन गर्नुभएपछि  सभामुखले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 

कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्नुहुने उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अगाडि सोमबार सभमुख देवराज घिमिरेले प्रमुखल दलका शीर्ष नेतासँग छलफल गर्दै आउनुभएको छ ।