• ८ जेठ २०८१, मङ्गलबार

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

blog

ट्याक्टर दुर्घटनास्थल । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, वैशाख २८ गते । रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका १४ छेपारे नजिकै शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार ट्याक्टर दुर्घटनामा परेर आठबिसकोट नगरपालिका १४ छेपारे निवासी ट्याक्टर चालक २२ वर्षीय विकास खड्का र सोही स्थानमा १९ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । तीनै जना घाइतेलाई उपचारका लागि चौरजहारी अस्पतालतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको पहिचान भने खुलेको छैन ।  

आठबिसकोटको पीपलचौरबाट जाजरकोटको रिम्नातर्फ आउँदै गरेको ट्याक्टर सडकबाट करिब ७० मिटर तल रहेको ठुलीभेरी नदीमा खसेको हो । ट्याक्टर भेरी नदिमै रहेकोले नम्बर खुलेको छैन । 

उक्त ट्याक्टरमा चालकसहित पाँच जना चढेको बताइएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।