• ७ जेठ २०८१, सोमबार

इलाममा पिकअप गाडी दुर्घटना हुँदा एकको मृत्यु

blog

कोकिला ढकाल 

इलाम, वैशाख २८ गते । इलाम नगरपालिका– ५ को भित्री कच्ची सडकमा गए राती दुई बजे गाडी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ई नपा–५ सापकोटा गाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

चार वटा गोरु बोकेको प्र १–०३–००१ च ००६९ नम्बरको पिकप गोलाइ मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको पाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गाडी चालक ई नपा– ४ का २० वर्षीय अभिषेक तिवारी घाइते भएको डिएसपी प्रकाश जबेगूले बताउनु भयो । चालक तिवारी र सहचालक रहेका आचार्यलाई घटनास्थलबाट उद्धार गरि इलाम अस्पताल तर्फ ल्याउँदै गर्दा आचार्यको भने ज्यान गएको बताइएको छ । गाडी चालक तिवारीको घुँडा र ढाडमा चोट रहेको जनाइएको छ ।