• ७ जेठ २०८१, सोमबार

मुख्यमन्त्रीमा दाबी परेपछि हस्ताक्षर सनाखत हुँदै

blog

हिक्मतकुमार कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले समर्थनमा हस्ताक्षर गर्नुभएका सांसदहरुको सनाखत गरिँदै । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटगनर, वैशाख २७ गते । 
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले समर्थनमा हस्ताक्षर गर्नुभएका सांसदहरुको सनाखत गराउन थालेको छ ।

प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशन गरी हस्ताक्षर सनाखतका लागि बिहीबार मध्याह्न १२ः३० बजेभित्र कार्यालयमा उपस्थित भई हस्ताक्षर सनाखत गराउन भनिएको छ ।

एमाले र नेकपा (माओवादी केन्द्र)का ५२ प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न कार्कीले दाबी पेस गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ‘बिहीबार दिनको ११ः३५ बजे कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेशसभा सदस्य हिक्मतकुमार कार्कीले ५२ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा विश्वसनीय आधारसहित दिगो सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले आज बिहीबार दिनको १२ः३० बजे दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ ।’