• ७ जेठ २०८१, सोमबार

‘मानसिक स्वास्थ्य समस्या जटिल बन्दै’

blog

जुम्ला समाचारदाता

जुम्ला, वैशाख २७ गते । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन जुम्लामा सम्पन्न भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको सम्मेलनले जुम्ला घोषणपत्रसमेत जारी गरेको छ । घोषणापत्रमा मानसिक स्वास्थ्य समस्याका रूपमा रहेको र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभाव पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्य गर्नुपर्ने उल्लेख छ । 

सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्यको नारासहित नेपालमा पहिलो पटक जुम्लामा यो सम्मेलन भएको हो । सम्मेलन हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा भएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलका अनुसार सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाता तथा अन्य चिकित्सक, स्वास्थ्यकर्मी गरी करिब २४५ स्वास्थ्यकर्मीको सहभागिता थियो । उपकुलपति डा. रावलका अनुसार सम्मेलनमा मानसिक रोगसम्बन्धी ५० भन्दा बढी शोधपत्र प्रस्तुत गरी त्यसमा छलफल भएको छ ।