• ६ जेठ २०८१, आइतबार

कानसम्बन्धी दुई दिने शिविरमा ३७५ जनाको उपचार

blog

शिविरमा कानको उपचार गर्दै सेवाग्राही । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख २६ गते ।
 जिल्लाको दक्षिणी क्षेत्रस्थित अदानचुली गाउँपालिकामा दुई दिनसम्म सञ्चालन भएको कानसम्बन्धी शिविरमा ३७५ जनाले सेवा लिएका छन् । बहिरोपन निवारण गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा कानका बिरामीहरूको उपचार गरिएको हो ।

शिविरको पहिलो दिनमा दुई सय पाँच जनाले सेवा लिएको अदानचुली गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विनोद बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरको दोस्रो दिन १७० जनाले सेवा लिएका छन् । कानसम्बन्धी पहिलो पटक गाउँपालिकास्तरमा शिविर सञ्चालन भएको हो ।

विशेषज्ञको उपस्थितिमा कानको उपचार भएका कारण बिरामीलाई सहज भएको उहाँको भनाइ छ । कानका बिरामी जनक बुढाले धेरै पहिलेबाट कान दुखी रहेको र शिविरमा विशेषज्ञ चिकित्सबाट उपचार भए पनि सन्चो भएको बताउनुभयो ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको प्रविधिक सहयोगमा श्रीनगर स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको हो । गाउँपालिकाले प्राविधिक सहयोगका साथै शिविरका लागि स्थानीयरुपमा लाग्ने खर्च समेत व्यहोरेको गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले बताउनुभयो ।