• ६ जेठ २०८१, आइतबार

नेविसंघ प्रवक्ताको जिम्मेवारी सेजुवाललाई

blog

गोरखापत्र अनलाइन

काठमाडौंं, वैशाख २३ गते । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई दिएको छ। अधिवक्ता सेजुवाल जुम्लाको स्थायी बासिन्दा हुनुहुन्छ । केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम उहाँलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। 

लामो समयदेखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा रहनुभएका अधिवक्ता सेजुवालको लामो राजनीतिक पृष्ठभूमि छ। अधिवक्ता सेजुवाल २०६१ सालमा नेविसंघको साधारण सदस्य भई सक्रिय रहनुभएको छ । 

२०६५ सालमा नेविसंघ स्ववियु निर्वाचन व्यवस्थापन एवं सुरक्षा समिति, जुम्ला बहुमुखी क्याम्पसको संयोजकको रुपमा काम गरेको, २०७० सालमा नेविसंघ नेपाल ल क्याम्पस ईकाइ समितिको सचिव पदको उम्मेदवार भएको, २०७२ सालमा नेविसंघ कानुन समन्वय समितिको उपाध्यक्षको रुपमा काम गरेको, २०७२ सालमा नेविसंघ दूरशिक्षा तथा खुला विश्वविद्यालय समन्वय समिति संयोजक हुनुभएको थियो ।

२०७३ सालदेखि हालसम्म गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ कानुनी शिक्षा सुधार अभियानको संयोजक भई उक्त अभियानलाई विभिन्न चरणमा नेतृत्व गर्नुभएको छ । २०८० मा नेविसंघ केन्द्रीय सदस्यको रुपमा मनोनित हुँदै हाल नेविसंघ केन्द्रीय कार्यसमितिमा सक्रिय रहनुभएका सेजुवाल प्रवक्ता हुनुभएको छ । प्रवक्ता सेजुवाल त्रिवि कानुन संकायबाट एलएलएम गर्नुभएको छ ।