मन मान्छेपिच्छे हुन्छ । विविध मान्छेका विविध मन । त्यसमाथि साहित्यकार त मनका पनि मन । मनका सगरमाथा साहित्यकार । आफ्ना मनले अरूका मनलाई पगाल्ने साहित्यकार अरूलाई रुवाउने र हँसाउने क्षमता पनि राख्छन् । यस्ता मन रुद्रघण्टीविहीन पिँडालुलाई असाध्यै मन पर्छन् ।
कतिपय आफ्नै मनका कुरा पनि एउटा मनलाई मन परेको अर्को मनलाई मन नपर्न सक्छ । यसो भनिरहँदा एउटा मान्छेमा कति वटा मन हुन्छन् ? भनेर कोही पाठकले छ्वास्स सोधिहाले भने त्यसको सही उत्तर दिन सक्ने क्षमता पिँडालुमा छैन किनकि मान्छेभित्रको मन गन्नुभन्दा आकाशका तारा गन्नु छिटो हुन्छ भन्ने पिँडालुलाई भलिभाँती थाहा छ ।
उसले किन मन परायो, यसले किन मन पराएन ? जस्ता विषयमा वादविवाद, प्रतिवाद गर्नु भनेको एउटै कानुनका अधीनमा रहेर एउटै मुद्दामा विभिन्न विद्वान् अधिवक्ताले दुईतिर उभिएर वकालत गरे जस्तै हुन सक्छ । तर प्रसङ्गको उठान गरिसकेपछि यति चाहिँ भन्न छुटाउनुहुन्न– विविध मनका धनी यी विविध मनुवालाई जे मन लाग्छ त्यो बक्न दिनु पर्छ । त्यसमाथि साहित्यकार ! यी सबै आफ्नो र आफ्नाको बचाउ र अर्काको बद्ख्वाइँमा माहिर हुन्छन् । हुन पनि हो नि आफ्नो र आफ्नाको बचाउ र अर्काको बद्ख्वाइँ गर्न नसक्ने केका साहित्यकार ! यिनले चाहे भने पानीमा आगो सल्काइदिन्छन्, बिनाविमान अन्तरिक्ष डुलाइदिन्छन्, सात समुद्र फट्काइदिन्छन्, सगरमाथा होच्याइदिन्छन् ।
साहित्यकारका मन चहार्ने यो अजबको पिँडालु कसको बारी कुँढारमा बस्छ, कसैलाई थाहा छैन । तैपनि उसलाई साहित्यिक कार्यक्रममा ताली बजाउने योग्यता पुगेको नाताले कथ्य वा लेख्य रूपमा बरोबर निमन्त्रणा प्राप्त भइरहन्छ । यति भएपछि ऊ दुवै हात धोइपखाली गरेर त्यस्ता कार्यव्रmममा ताली बजाउन पुगिहाल्छ ।
यस्ता कार्यक्रममा पटक पटक जाँदा उसलाई मन परेका कुरा टिपोट गरी शोधपत्र तयार गरेर विद्यावारिधि गर्ने उसको इच्छा यतिखेर मुलतबीमा राखेको छ उसले । तैपनि शोधकार्यका विविध पक्षलाई पछि प्रकाशमा ल्याउने गरी साहित्यिक कार्यक्रमका मन परेका कुरा मात्र ऊ आँखा चिम्लेर तेस्र्याउन चाहन्छ । यस्तो तेस्र्याइ सविस्तार नभएर बुँदागत हुने छ । यस्ता बुँदा कसैको चारित्रिक विशेषतासँग मिल्न गए त्यो संयोग मात्र हुने छ । पिँडालुलाई मन परेका केही विषयवस्तु यस्ता छन्–
कुनै पनि कार्यव्रmममा निमन्त्रित भएर पुगेपछि निमन्त्रणा स्वीकार गरी आएकोमा निमन्त्रकले धन्यवाद दिनुको साटो देखेको नदेख्यै गर्ने निमन्त्रक पिँडालुलाई असाध्यै मन पर्छ । धन्यवाद शब्दसम्म पनि खर्चिन नचाहने किफायती स्वभावका निमन्त्रक साहित्यकार पिँडालुका प्रियपात्रमा दरिन्छन् ।
पछिल्लो समय असाध्यै बेफुर्सदी बनेका छन्, जो कोही मान्छे । यस्तो अवस्थामा तिनलाई आराम पुग्दैन । आराम यिनका लागि अति आवश्यक हुन्छ । यिनीहरूको यही आवश्यकतालाई मनन गरेर कार्यव्रmम सञ्चालकहरू बाह्र बजेका लागि निमन्त्रणा गरिएको कार्यक्रम छिटोमा एक बजे सुरु गर्छन् । यस परिपाटीले निम्तालुका निमित्त आरामका लागि पर्याप्त समय उपलब्ध हुन्छ । निम्तालुको मनोभाव बुझेर यसरी कार्यक्रम सञ्चालन गर्ने आयोजक पनि पिँडालुलाई असाध्यै मन पर्छ । साहित्यको विकास र समयको मर्यादाका हिसाबले यस्तो संस्कार र संस्कृतिको अवलम्बन दीर्घकालसम्म हुनु/ गर्नु नितान्त जरुरी छ ।
कार्यव्रmम उद्घोषकले कार्यक्रम शुभारम्भका लागि सभापतिलगायत मुख्य अतिथि र अन्यको नाम घोषणा होउन्जेल कान ठाड्ठाडा पारेका आगन्तुक कार्यक्रम कक्षको विशेष मञ्चमा गएर बसेपछि झोलामा नअट्ने आकारको उनीहरूको नाक र अन्य हाउभाउ टाढैबाट हेर्नलायक हुन्छ । यस्ता अतिथि, यिनका हाउभाउ र नाकको आकृति देखेर पिँडालु दङ्गिन्छ । आपूmलाई मन पर्ने कुरो देखेपछि को नै दङ्गिँदैन र !
मञ्चासीन तथा गैरमञ्चासीन निम्तालुलाई उद्घोषक र अरूहरूले सम्बोधन गरिरहँदा पिँडालु एकोहोरो बनेर कान थापिरहेको हुन्छ । किनकि त्यहाँ साहित्यकारहरूलाई अनेकानेक विशेषण जोडेर तिनका नाम पुकारिरहिएको हुन्छ । यो सुन्दा पिँडालुको मन असाध्यै रमाउँछ । उसलाई मिल्ने भए उठेर नाचूँ नाचूँ लाग्छ । यतिखेर कोही वरिष्ठ कवि/ कथाकार/ मुक्तककार/ गजलकार/ व्यङ्ग्यकार/ समीक्षक/ विश्लेषक आदि विशेषणले पुकारिइरहेका हुन्छन् । कोही वरिष्ठ गीतकार/ हाइजिन/ उपन्यासकार/ साहित्य साधक आदिले सम्बोधित भइरहेका हुन्छन् । अझ कसैले त वरिष्ठका अगाडि पनि अति वा अन्य कुनै पुmँदा जोडेर सम्बोधन पाइरहेका हुन्छन् । कोही मूर्धन्य कवि, कोही मूर्धन्य साहित्यकार, कोही पूर्वका, कोही पश्चिमका, कोही प्रदेश, कोही क्षेत्रीय, कोही सङ्घीय कवि, कोही विश्व कवि, कोही शिखर कवि, कोही राष्ट्रिय कवि, कोही अन्तर्राष्ट्रिय कवि, कोही जनकवि, कोही फलानो दशकदेखि कलम चलाइआएका, कोही थोरै लेखेर पनि धेरै नाम कमाएका, कोही धुरन्धर शास्त्रीय कवि, कोही गैरशास्त्रीय कवि÷साहित्यकार, कुशल वक्ता, कोही डा. कोही प्राडा, कोही लोक कवि÷ साहित्यकार, कोही सम्राट्, कोही साम्राज्ञी, कोही शिरोमणि, कोही महाकवि, कोही युगकवि, कोही अभियन्ता, कोही जनवादी गायक÷सर्जक, कोही फलाना संस्थाको अध्यक्ष÷ प्रकाशक÷ सञ्चालक, अक्षरका कृषक, कोही सौन्दर्यवादी, कोही सर्वप्रिय, कोही सर्वपक्षीय, कोही प्रगतिशील, कोही अग्रगामी, कोही यात्री, कोही नियात्री, कोही पदयात्री, कोही गायक, कोही सङ्गीतकार, कोही शृङ्गारिक, कोही नारीवादी, कोही उत्पे्ररक, कोही आध्यात्मिक, कोही अन्वेषक, कोही अनुसन्धाता, कोही इतिहासकार, कोही पत्रकार, कोही संस्कृतिविद्, कोही चराविद, कोही फलानु विषयका ज्ञाता, कोही अनुवादक, कोही प्रतिपादक, कोही पूर्वसचिव÷ पूर्वप्रशासक÷ पूर्वसिडिओ÷ पूर्व न्यायमूर्ति आदि इत्यादि । के के हो के के ! कति हो कति तिनले पाउने उपाधि र विशेषण ।
यस्ता विशेषण र उपाधि सुनेपछि पिँडालु आफ्नो मन पवित्र भएको पाउँछ । यस्ता चाकडीमूलक विशेषण पदहरूको भोलिका दिनमा ठुलै ठेली तयार हुने ऊ देख्छ । यस्ता शब्दहरूको एकीकृत दस्ताबेज भविष्यमा विभिन्न कोश वा अन्य नामले पुकारिने छन् । यसरी दीर्घकालसम्म विस्तार हुने र प्रभाव छाड्ने विषय सुन्दा पिँडालुको मन किन प्रफुल्लित नहोस् ।
यस्ता कार्यव्रmमहरूको थप एउटा आकर्षण वा खुसीको विषय के हुन्छ भने माइक समातेर बोल्न थालेपछि माइक हातमा पर्ने मान्छे जति जान्ने अरू ठहरिन्नन् त्यस विषयमा । यतिखेर वक्ता स्वयंमा हात्ती र सुन्ने भुसुना हुन थाल्छन् । यस्तो परमप्रिय प्रवचन सुन्न पाएपछि पिँडालुको मन असाध्यै हर्षित हुन्छ । यस्तो अवस्थामा ऊ तत्क्षण मात्र नभएर दिनभर खुसीकै समुद्रमा सानन्द पौडिइरहेको अनुभूति गर्छ ।
कतिपय कार्यव्रmमका उद्घोषकहरू मञ्चासीन वा अरू जो कोही वक्तालाई उतिविधि दुःख दिन नचाहने अति गुणकारी स्वभावका हुन्छन् । यस्ता उद्घोषक तीन घण्टा जतिको कार्यव्रmममा घटीमा डेढ घण्टा जति आपैmँ बोलेर अरूलाई राहत दिन्छन् । यस्ता परहितकारी उद्घोषण कलाका पारखी उद्घोषकहरू पिँडालुलाई असाध्यै मन पर्छन् । अझ कोही उद्घोषक त बिनासङ्केत व्यवस्थित गरिएका अग्रासन वा त्यसपछिको आसन पनि विशेष अतिथिका लागि खाली गरिदिन त्यहाँ बसिरहेका निम्तालुलाई निर्धक्कसँग आग्रह गर्छन् । यस्ता उद्घोषक देख्दा पिँडालुको मन अति प्रफुल्लित हुने मात्र नभएर ती उद्घोषकलाई अगाडि नै गएर पूजा गरूँ गरूँ तहमा पुग्छ । तर पूजा सर्जामको अभावमा तत्काल ऊ त्यसो गर्न सक्तैन । त्यस्ता अत्युत्तम ढङ्गका उद्घोषकलाई ऊ सदैव मनमा सजाउँछ ।
कतिपय उद्घोषक तथा आयोजक पक्षका महानुभाव राजनीतिक पार्टीले आफ्ना कार्यकर्तालाई ह्विप जारी गरे झैँ गरी दर्शक/ श्रोता दीर्घाका महानुभावहरूलाई शान्त भएर बस्न, हल्ला नगर्न, आपसी कानेखुसी नगर्न बरोबर निर्देश गरिरहन्छन् । अनि आपूm चाहिँ अरूले देखेका छैनन् झैँ गरी आपसी कुराकानी र कानेखुसीमा व्यस्त हुन्छन् । कतिपय मञ्चासीन अतिथिहरू नै वक्ता र श्रोता दीर्घामा अलिकति पनि ध्यान नदिईकन आपसी गफमा मस्तिइरहेका हुन्छन् । यी दुवै खाले पात्रहरू पिँडालुलाई असाध्यै मन पर्ने पात्र हुन् । यस्ता पात्रबाट यसरी प्रदर्शित भइरहने दृश्यले ऊ यति खुसी भइरहेको हुन्छ कि कसैले तिनको विरोध गरे भने ऊ विपक्षमा उभिएर तिनको रक्षाका लागि तिनैका पक्षमा नारा जुलुससम्म गर्न पनि बेर लगाउँदैन ।
अरूले बोलिरहँदा छोटो छोटो भनी ताकेता गर्नेहरूलाई माइक समातेपछि विस्मृतिका रोगले छुन्छ र अरूलाई छोटो छोटो भन्न बाध्य पार्छन् । मञ्चासीन महानुभावहरूका लागि दुई शब्द व्यक्त गर्न तीनदेखि पाँच मिनेट समय दिइएको अवस्थामा बिस मिनेट समय व्यतीत हुँदा पनि तिनको दुईशब्दे प्रवचन सकिएको हुँदैन । बिस मिनेटमा पनि दुई शब्द ओकलेर नसकिने यस्तो परिस्थितिमा पिँडालुमा खुसीको सीमा रहँदैन । यतिखेर ऊ बुर्लुक्क उफ्रन मात्र बाँकी राखेर मुसुमुसु हाँस्न थाल्छ ।
कार्यव्रmम चलिरहँदा बिच बिचमा खासखुस गरिरहने श्रोता÷ दर्शक दीर्घाका महानुभावलाई नियाल्दा पनि ऊ बडो आनन्द मान्छ । त्यसमाथि आफ्ना रचना सुनाएपछि अरूसँग ओझेलिएर दायाँबायाँ नहेरी खुरुक्क बाहिरिने सहभागी देख्यो भने त पिँडालु पनि यस्ता अनुकरणीय बानीबेहोरा भएका मान्छेका पछि पछि लागूँ झैँ गरी जुरुक–जुरुक गर्न थाल्छ ।
कार्यव्रmमका बिचतिरबाट सहभागीहरू फाट्टफुट्ट हिँड्न थालेपछि कार्यव्रmमपछि खाजा पनि छ है भनेर पटक पटक दोहो-याइरहने उद्घोषक पनि उसलाई खुब मन पर्छ । खाजाकै लागि यी सहभागी आएका हुन् भन्ने कुरा उद्घोषकले कसरी थाहा पाएका ! भनेर पिँडालुमा कोतूहल जाग्छ । यस्ता अभिव्यक्तिप्रति ऊ औधी खुसी मान्छ र पारदर्शी रूपमै तिनका पक्षमा मत जाहेर गर्छ ।
कोही सहभागी कार्यव्रmमपछि पुरस्कार र प्रमाणपत्र पाइन्छ कि पाइन्न भनेर खुब खोजतलास गर्छन् । पुरस्कार र प्रमाणपत्र पाइने भए कार्यव्रmममा जाने नत्र नजाने निम्तालु भेट्दा पिँडालु बेसोमती बनेर खितितित्त हाँस्छ । यो हँसाइ बेकारको छ । आफ्नो स्वार्थ नहेर्ने यो मुलुकमा को छ ? बेकारमा किन हाँसेको ? भनेर अरूले सम्झाएपछि ऊ ए ! हो त नि भन्दै खुसीले बुर्लुक्क उफ्रन्छ ।
कोही वक्ता साहित्यिक पुरस्कारका लागि खुला रूपमै बिन्तीपत्र सार्वजनिक गरिरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरू माइक हातमा पर्नेबित्तिकै कुनै न कुनै उपायबाट विभिन्न साहित्यिक पुरस्कारका प्रसङ्ग निकालेर ‘आपूm त कहिल्यै पुरस्कृत हुन सकिएन’ भन्दै सरोकारवाला समक्ष निर्धक्कसँग सार्वजनिक घुर्की लगाउन थाल्छन् । होनहारका यस्ता मन्तव्यदाता देख्दा पिँडालुमा खुसीको सीमा रहँदैन ।
एकले अर्कालाई घोचपेच गरेका दृश्य/ वाणी साहित्यिक जमघटमा बगे्रल्ती देख्न/ सुन्न पाइन्छ । आपूmले कलम चलाइरहेको विघा मात्र महान ठान्ने र त्यसका पक्षमा मात्र वकालत गरी अरूलाई हियाउने पनि त्यत्तिकै हुन्छन् । आफ्ना रचनाका आफैँ समीक्षक बन्नेको खाँचो पनि त्यहाँ हुँदैन । सबै आआफ्ना रचनाको समीक्षक आफैँ बनेर डुव्रिmरहेका हुन्छन् ।
कोही उसको भन्दा मेरो उद्घोषण राम्रो भनेर आफैँ गम्किरहेका हुन्छन् । कोही यस्तो पनि समीक्षा हुन्छ ! सबै प्रशंसै प्रशंसा मात्र ! भनिरहेका हुन्छन् भने कोही के हो यो गाली नै गाली ! यो त कृतिकारप्रति पूर्वाग्रह भयो भनेर डुव्रिmइरहेका हुन्छन् । यस्ता वाणी र दृश्यले पिँडालु निकै पुलकित हुन्छ ।
कार्यव्रmममा प्रमुख अतिथिपछि सभाध्यक्षको पनि मन्तव्य र सभा विसर्जनको कार्यव्रmम बाँकी हुन्छ भनेर धेरै सहभागीले बिर्सिएका हुन्छन् । यस किसिमको बिर्साइका कारण सभाध्यक्षले माइक समाउन पाउँदा नपाउँदै सहभागीहरू तँछाड/ मछाड गर्दै खाजा र निःशुल्क पुस्तक वितरणका पङ्क्तिमा उभिन पुगिसकेका हुन्छन् । अनि सभाध्यक्षका आसनमा आसीन महानुभावलाई मन्तव्य राख्न पाउनु त कता हो कता, हतारिएर सभा बिसर्जन गर्न नै भ्याइनभ्याइ हुन्छ । यस किसिमको मनोरञ्जनात्मक क्षण पिँडालुको सर्वाधिक खुसीको क्षण बन्छ र यसलाई सबैले अनुकरण गरून् भन्ने ऊ ठान्छ ।
कतिपय सहभागी कार्यव्रmम सकिएपछि पनि विशेष आकर्षणको ब्यानरमुनि सफा सोफामा बसेर फोटो खिचाउने र बेलुका फेसबुक वालमा सर्लक्क तेस्र्याउने गर्छन् । फेसुबुकमा डेरा जमाउनेहरू यो देखेपछि अहो ! यसले ठुलै ठाउँ पाएछ भनेर तिनैलाई बधाईका अगाडिपट्टि पनि मुरी मुरी, लाखौँ, करोडौँ विशेषण जोडेर मुठाका मुठा बधाई पोस्ट्याइरहेका हुन्छन् । यो स्थिति पिँडालुको कहिल्यै नमेटिने अर्को औधी खुसीको क्षण हो ।
पिँडालु स्वहितकारीभन्दा परहितकारी बन्न चाहन्छ । ऊसँग यस्ता खुसीका विषय अनेक छन् । तथापि त्यस्ता खुसीका क्षणका विषयमा अरूले पनि अभिव्यक्ति दिन पाऊन् भनेर पिँडालुमाथिका पन्ध्र बुँदामा मात्र सीमित हुन पुगेको छ । ऊ यी कुरालाई अनुच्छेदमूलक भाषामा पनि अभिव्यक्त गर्न सक्थ्यो तर राजनीतिक सन्दर्भका कतिपय मामिलामा सातबुँदे, आठबुँदे, बाह्रबुँदे, तेह्रबुँदे, तिसबुँदे, चालिसबुँदे जस्ता बुँदै बुँदाका कुरा उसले सुनी आएकाले साहित्यका क्षेत्रमा पनि किन यस्ता पवित्र बुँदा नभिœयाउने भन्ने सोचका साथ पन्ध्र बुँदामा आफ्ना खुसीका क्षणलाई उसले अभिव्यक्त गरेको छ ।
फेरि यसरी थोरै बुँदा मात्र सार्वजनिक गर्नुमा उसको अर्को एउटा बठ्याइँ पनि छ । त्यो के भने खुसीका भएभरका सबै बुँदा अहिले नै सार्वजनिक गरिदिने हो भने अर्को कोही महापुरुषले यसैमा थोरबहुत थपघट गरेर विद्यावारिधिको शोधपत्र तयार गरी विद्यावारिधि उछिट्यायो भने ऊ हेरेको हे¥यै हुन सक्छ ।
त्यसैले पनि ऊ यतिखेर आफ्ना खुसीका क्षणका सबै कुरा नओकली यिनै पन्ध्र बुँदामा सीमित हुन बाध्य भएको छ । पिँडालुलाई यसरी प्रफुल्लित बनाउनमा जो जसले यसरी अहम् भूमिका खेलेका छन् ती सबै बुद्धिजीवी सरोकारवालाप्रति पिँडालु हार्दिक आभार व्यक्त गर्दै सुदूर भविष्यसम्म पनि यस्ता कुरामा निरन्तरता रहनेछ भन्ने विश्वास व्यक्त गर्दछ ।