• १७ असार २०८२, मङ्गलबार

पुटिन युक्रेनको ‘आत्मसमर्पण’चाहनुहुन्छ : जर्मन विदेशमन्त्री

blog

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

फ्रयाङ्कफर्ट जर्मनी, असार १६ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले आत्मसमर्पण गरोस् भन्ने चाहेको जर्मनीका उच्च कूटनीतिज्ञले सोमबार बताउनुभएको छ । तीन वर्षभन्दा लामो युद्ध अन्त्यका लागि रोकिएको शान्ति वार्ताबिच ‘पुटिनले आफ्ना कुनै पनि अधिकतमवादी मागलाई त्याग्न तयार भइरहनुभएको छैन । उहाँ वार्ता चाहानुहुन्न, यूक्रेनको आत्मसमर्पण चाहनुहुन्छ,” जर्मनीका विदेशमन्त्री जोहान वेडफुलले युक्रेनको राजधानी किएभको अघोषित भ्रमणका क्रममा भन्नुभयो । 

“युक्रेनको स्वतन्त्रता र स्वाधिनता विदेश र सुरक्षा नीतिको सबैभन्दा महत्त्वपूर्ण कार्य हो,” वेडफुलद्वारा हस्ताक्षरित जर्मनीको विदेश मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ । उहाँले भन्नुभयो, “रुसले लाखौं अतिरिक्त जीवनको मूल्य चुकाएर पनि हाम्रो समर्थन कमजोर पार्ने कुरामा सट्टेबाजी गरिरहेको छ र कुनै पनि मूल्यमा विजय हासिल गर्न चाहन्छ र आत्मसमर्पण गराउन चाहन्छ ।” रासस/एएफपी