• ५ जेठ २०८१, शनिबार

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

blog

काठमाडौँ, वैशाख १८ गते । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गर्नुभएको हो । 

सुपर खुदीको प्रतिकित्ता एक सय अङ्कित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने ७५ करोड ९५ लाखको शेयर कोषले प्रत्याभूति गर्नेछ । सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवम् विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी हुनुहुन्थ्यो । यसभन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ । रासस