• ४ जेठ २०८१, शुक्रबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

blog

राजु लामिछाने
रुकुमपश्चिम, वैशाख १८ गते ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार त्रिवेणी गाउँपालिका ४ खारा निवासी अन्दाजी ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो ।

मङ्गलबार बिहान रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले मृतक गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनास्थलमा रहेका आक्रोशित स्थानीयले ट्रक तोडफोड गरेका छन् । अहिले घटनास्थलमा प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा जिल्लाबाट गएको प्रहरी टोली पुगेको छ ।