• १३ साउन २०८१, आइतबार

बझाङमा कांग्रेसका सिंह २८४ मतले अगाडि

blog

शैलेन्द्र रोकाया
बझाङ, वैशाख १७ गते ।
बझाङ क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सोमबार बिहानको मतगणनाअनुसार कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले आठ हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले आठ हजार ६९३ मत ल्याउनुभएको छ । कांग्रेसका सिंह २८४ मतले अगाडि हुनुहुन्छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ४६९ र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंहले दुई ३०४ मत प्राप्त गर्नुभएको छ ।

यो बझाङको जनपा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा ९ र सुर्मा गाउँपालिका र मस्टा गाउपालिका १, २, ३, ४ , ५ र ६ को अन्तिम मतपरिणाम हो ।

अब मस्टा ७, तल्कोट गाउँपालिका र साइपाल गाउँपालिका मतगणना हुन बाँकी छ ।