• २७ वैशाख २०८१, बिहिबार

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको शतक

blog

काठमाडौँ, वैशाख १५ गते।  नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध शतक बनाउनुभएको छ । 

कप्तान पौडेलले ४७ बलमा १०१ रन बनाउँदै शतक पूरा गर्नुभएको हो । उहाँले ५ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गर्नुभएको हो । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपाललाई वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा २०५ रनको चुनौती दिएको हो । 

नेपालले अहिले तीन विकेटको क्षतिमा १७ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १८१ रन बनाएको छ । अहिले क्रिजमा कप्तान पौडेलका साथमा गुल्सन झा हुनुहुन्छ । 

नेपालविरुद्धको ब्याटिङमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले शानदार अर्धशतक पूरा गर्नुभयो। उहाँले ४६ बल खेल्दै ७४ रन बनाउनुभएको हो। एलिक एथेनाजेले ४७ रन बनाउँदा केसी काटीले ३८ रन बनाउनुभयो।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालका लागि कमल ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एकएक विकेट हात पार्नुभयो। नेपालले वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ सुरु गरेको हो।



नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित कुशल भुर्तेल, अनिल कुमार शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा हुनुहुन्छ। 

यो खेलमा आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख बेन्चमा हुनुहुन्छ। 

त्यसैगरी वेस्ट इन्डिज ‘ए’ को प्लेइङ एघारमा जोन्सन चार्ल्स, अलिक अथान्जे, म्याथ्यु फोर्ड, गुडाकेश मोती, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, ओबेद मकोए र ओशेन थोमस हुनुहुन्छ।  

यो पनि पढ्नुहोस

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

नेपाललाई वेस्ट इन्डिजले दियो २०५ रनको चुनौती