• २३ वैशाख २०८१, आइतबार

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

महेशकुमार दास
जलेश्वर, वैशाख १३ गते ।
महोत्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद फैसला भई फरार रहेका विभिन्न मुद्दाको ६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले सर्वोच्च अदालत काठमाडौंबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अङ्गभङ्ग मुद्दामा ६ महिना कैद फैसाल भई फरार रहेका एकडारा गाउँपालिका–४ घर भएका ६३ वर्षीय रामप्रबोध रायलाई पक्राउ गरेको छ ।

२०८० कात्तिक १६ गतेको सर्वोच्च अदालत काठमाडौंबाट फैसलापछि फरार रहँदै आएको रायलाई लुकिछिप आफ्नै घरमा बस्दै आएको गोप्य सूचनाका आधारमा खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताउनुभएको छ ।

यसैगरी, चोरी मुद्दाका जलेश्वर नगरपालिका–२ बस्ने ३५ वर्षीय रोशनकुमार चौधरी, जग्गा किचोला मुद्दाका मटिहानी नगरपालिका ८ बस्ने ६० वर्षीय पलट खत्बे, जालसाजी मुद्दामा सम्सी गाउँपालिका –५ बस्ने मिथिलेश यादव, लागूऔषध मुद्दाका बर्दिवास नगरपालिका –३ बस्ने २७ वर्षीय सागर भन्ने नेत्र बहादु आले र सवारी ज्यान मुद्दाका बर्दिवास नगरपालिका–८ बस्ने ३६ वर्षीय विष्णुबहादुर विश्वकर्मालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवालले बताउनुभएको हो ।

पक्राउ परेका फरार प्रतिवादीहरुलाई आवश्यक कारवाहीका लागि महोत्तरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।