• २२ वैशाख २०८१, शनिबार

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस

blog

काठमाडौँ, वैशाख १३ गते । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदै छ । प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीसमेत रहनुभएका उहाँको स्मरणमा आज नेकपा एमालेलगायतका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम गर्दैछन् । 

उहाँको स्मरण गर्दै आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी जीवनगाथाको विमोचन गर्नुहुनेछ । साथै ज्येष्ठ नागरिक देश दर्शन २०८१ को शुभारम्भ कार्यक्रम सुरुवात गर्नुहुनेछ ।