• २४ वैशाख २०८१, सोमबार

‘नेपाल डे’ मा नाचगान

blog

कृष्णराज खनाल  

अमेरिका, वैशाख १० गते । नर्थ क्यारोलिनाको मोरिसभिलमा आठौँ नेपाल डे भव्य रूपमा सम्पन्न भएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसिएनसी) ले नेपाल डे औपचारिक रूपमा प्रत्येक वर्ष अप्रिल महिनाको तेस्रो शनिबार मनाउँदै आएको छ । नेपालीको घना बसोबास रहेको मोरिसभिलमा सो कार्यक्रम मनाइएको हो । कार्यक्रममा करिब एक हजार मानिसको उपस्थिति रहेको थियो ।कार्यक्रममा नर्थ क्यारोलिना सरकारका उच्च पदस्थ कर्मचारी, मोरिसभिल, केरी, एपेक्स र राले क्षेत्र वरपरका टाउन पदाधिकारी मार्च पासमा सहभागी भएका थिए । नेपाल डे का अवसरमा झाँकीसहितको नेपाली रीतिरिवाज र विभिन्न जातजातिको  परम्परा झल्किने पोसाक र पहिरनका अतिरिक्त नेपाली खानाको परिकार, सांस्कृतिक र पुरातात्त्विक महत्वका स्थान र महत्व आदि झल्काउने स्टल राखिएको थियो । कार्यक्रममा स्थानीय कलाकार, गायक हेमन्त शर्माले गायन प्रस्तुत गर्नुभएको थियो ।