• २१ वैशाख २०८१, शुक्रबार

कालीगण्डकीमा आगलागीले दुई घर जले

blog

आगलागी भएको घर। तस्विर सौजन्य : वडा अध्यक्ष कृष्णबहादुर लामिछाने मगर

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख ८ गते। कालीगण्डकी गाउँपालिका १ कालावडार र धारादीमा आगलागीले दुई वटा घर र तीन वटा गोठ जलेका छन्। 

आगलागीले भविस्वर पाण्डे बस्दै आएको टिनले छाएको दुई तले घर र चिरञ्जीवी पाण्डेको खाली कच्ची घर जलेको हो।

चार दिनदेखि लागेको आगोले पाँच वटा बाख्रा जलेर मेरेका छन्। आगलागीमा परेर भैंसी घाइते भएको वडा अध्यक्ष कृष्णबहादुर लामिछाने मगरले जानकारी दिनुभयो। जलेको घर र गोठ पूर्ण रुपमा क्षति पुगेको छ। 

जंगलमा लागेको आगो गाउँमा आएको बताउदै लामिछानेलले मानिस बस्ने घरको केही सामान निकालेको जानकारी दिनुभयो। 

आगलागीबाट सयौं हेक्टर जंगल समेत जलेको बताउदै लामिछानेले जडिबुटीसमेत जलेर नष्ट भएको गुनासो गर्नुभयो। आगो नियन्त्रणका लागि नेपाली सेना, स्थानीय र दमकलको सहयोगमा लक्षमण रेखा कोरिएको बताउनुभयो। 

आगलागीबाट घरबारबिहीन भएकालाई कालीगण्डकी गाउँपालिकाले राहत वितरण गरेको छ। 

पालिकाले खानाको लागि चामल, दाल, चिनी, नुन लगायतका समग्रीसहित भाडा, विस्तारा र त्रिपाल उपलब्ध गराएको हो।